मकवानपुर एमालेले टुंग्यायो उम्मेदवार
नेकपा एमाले मकवानपुरले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ । एमालेले पालिका तहबाट भएको सिफारिसको आधारमा उम्मेदवारी टुंग्याएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई अगाडि बढाउने भएको छ ।
उनका अनुसार वाग्मती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे, उपाध्यक्ष लालबहादुर स्याङ्तान र मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुामगार्इं, उपाध्यक्ष सन्तु थिङले उम्मेदवारी दिने भएका छन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना; इन्द्रसरोबर गाउँपालिकाअध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा लामालाई एमालेले उम्मेदवार तोकेको छ ।
कैलाश गाउँपालिका अध्यक्षमा नरेन्द्रलाल रिजाल, उपाध्यक्षमा सुकुमाया थिङ; राक्सिराङ गाउँपालिका अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्षमा सुन्तलीमाया प्रजा; मनहरी गाउँपालिका अध्यक्षमा एकराज उप्रेती, उपाध्यक्षमा सुजिता थिङले एमालेको तर्फबाट उम्मेदवारी दिने भएका हुन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका दशमध्ये ६ वटा स्थानीय तहको प्रमुखमा विजयी भएको थियो । एमालेबाट विजयी भएका दुई जना पालिका प्रमुखले पार्टी विभाजनसँगै नेकपा (एस) रोजेका छन् ।


