मकवानपुरको बकैयामा गठबन्धन नगर्ने कांग्रेसको घोषणा

हेटौंडा खबर
April 24th, 2022

मकवानपुरमा नेपाली कांग्रेस बकैया कार्यसमितिले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ ।

आइतबार हेटौंडास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन तोडेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बकैयाका सभापति दिलबहादुर बम्जन लामाले कार्यसमिति र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरू र अन्य दलहरूसँग मित्रवत रूपमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*