हेटौंडाको मेयरका लागि आज ७ जनाको उम्मेद्वारी दर्ता

हेटौंडा खबर
April 24th, 2022

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयरका लागि ७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले मेयर पदको लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम र मौलिक जरोकिलो पार्टीको तर्फाबाट सृजना बर्तौलाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरि,हेटौंडाको मेयर पदका लागि स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसैगरि, हेटौंडा उपमहानगरपालिकाको उपमेयरका लागि २ जनाले मात्र उम्मेद्वारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

भागबण्डा र उम्मेदवार टुंगो लगाउन ढिलाई भएकाले गठबन्धनका दल र नेकपा एमालेले भोलि उम्मेदवार दर्ता गर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*