गठबन्धनबाट हेटौंडाको उपमेयरको टिकट राजेश बानियाँलाई
सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको टिकट नेपाली कांग्रेसका राजेश बानियँले पाएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो ।
बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का बहालवाला अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन् ।


