मकवानपुरको मनहरी गाउँपालिकामा समाजवादीले एकल उम्मेदवारी दिँदै
हेटौंडा खबर
April 25th, 2022
नेकपा एकीकृत समाजवादीले मकवानपुरको मनहरी गाउँपालिकामा एकल रुपमा उम्मेदवारी दिने भएको छ ।
पाँच दलीय गठबन्धनको घटकसमेत रहेको समाजवादीले मनहरीमा भागबण्डामा कुनै पनि सिट नपाएपछि एकल रूपमा उम्मेदवारी दिन लागेको हो ।
समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ तथा उपाध्यक्षमा मनिला विष्टलाई अघि सारेको छ । विष्ट यसअघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएकी थिइन् ।


