नेप्सेमा दोहोरो अंकको गिरावट

हेटौंडा खबर
April 25th, 2022

साताको कारोबारको दोस्रो दिन सोमबार शेयर बजारका दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव १ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव १९ अंकले घटेर ४५४ दशालव ६९ विन्दु कायम भएको हो ।

नेप्सेको अनुसार आज २३९ कम्पनीको २ अर्ब ४२ करोड २५ लाख ५३ हजार १८२ रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर खरिद विक्रि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*