जसपाको तर्फबाट हेटौंडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाको उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि जनता समाजवादी पार्टीको तर्फबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएकि छन् । त्यस्तै उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दिएका छन् । हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा सोमबार जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।
भागबन्डा नमिलेपछी ५ दलिय गठबन्धनबाट बाहिरिदै आफू एक्लै चुनाव लड्ने जसपाले जनाएको छ । हेटौंडाको सबै वडामा जसपाले आफ्नो छ्ट्टै उम्मेदवार उठाएको छ


