रातको ९ बज्यो, हेटौंडामा उम्मेदवार मनोनयन दर्ता सकिएको छैन
स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्ताको निर्धारित समय सकिएको छ । यद्यपि, निर्धारित समयभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ ।
हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार निर्धारित समयभित्रै कार्यालय परिसरमा आइपुगेका उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।
उनका अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार मनोनयनका लागि आइतबार र सोमबार दुई दिन निर्धारण गरेको भए पनि प्रमुख राजनीतिक दलहरु सोमबार अबेर गरी निर्वाचन कार्यालयमा पुगेका हुन् ।


