इन्द्रसरोवर गाउँपालिकामा दुईजना वडा सदस्यमा निर्विरोध

हेटौंडा खबर
April 26th, 2022

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इन्द्रसरोवर गाँउपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

मकवानपुर जिल्लास्थित उक्त गाँउपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाँउपालिका-१ की लक्ष्मी दमाइँ र सोही गाँउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*