अमेरिकी उपराष्ट्रपति ह्यारिसलाई कोरोना संक्रमण

हेटौंडा खबर
April 27th, 2022

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ।

ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्। एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो। उनको एन्टिजेन परीक्षण गरिएको थियो।

ह्यारिसले कोरोना भारइसविरूद्ध पूर्ण डोज खोप लगाएको थिइन्। आफूले बुस्टर डोज पनि लगाएको उनले उल्लेख गरेकी छन्।

उनलाई कोरोनाको लक्षण भने देखिएको छैन। चिकित्सकको सिफारिसमा ह्यारिसले फाइजरको एन्टिभाइरल चक्की प्याक्सलोभिड सेवन गरिरहेको ह्यारिसका प्रेस सचिव कर्स्टन एलेनले बताएका छन्। उनी अहिले क्वारेन्टिनमा छिन्।

विश्व स्वास्थ्य संगठनका महानिर्देशकटेड्रोस अधानोम गेब्रेयससले ह्यारिसको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*