बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कर्मचारीको तहवृद्धि गर्दै

हेटौंडा खबर
April 28th, 2022

स्वास्थ्य मन्त्रालय  बागमती प्रदेशले मन्त्रालय मातहतका कर्मचारीहरुको स्तरवृद्धिका लागि आवेदन माग गरेको छ।

बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले आवश्यक कागजातसहित पाँच दिनभित्र मन्त्रालयमा आवेदन दिन भनेको छ।

जसको लागि तहवृद्धि हुने पद भन्दा एक तह मुनीको पदमा पाँच वर्ष सेवा अवधी पुगेको खुल्ने कागजात, तहवृद्धिको लागि अध्यादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी र पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औसत ९५ प्रतिशत अंक प्राप्त गरेको कार्य सम्पादन मुल्याकन फारम बुझाउनुपर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*