श्रमिक दिवसमा गृहमन्त्री तन्दुरी भोजनालयमा, कामदारको पारिश्रमिकमा चासो

हेटौंडा खबर
May 1st, 2022

गृहमन्त्री बालकृष्ण खाँडले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको सामान्य भोजनालयमा पुगेर खाजा खादै अहिले रेष्टुराको अवस्थाबारे जानकारी लिएका छन् ।

शनिबार वानेश्वरस्थित लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पुगेर खाणले तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् । कपिल पोखरेलले सञ्चालन गरेको भोजनालयमा आएका सेवाग्राहीसँग पनि गृहमन्त्री खाँडले भोजनालयको खाना कस्तो छ ? भनेर सोधेका थिए ।

गृहमन्त्री खाँडले भोजनालयमा काम गर्ने कामदारसँग पारिश्रमिकलगायतका विषयमा जानकारी लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*