आईजी बढुवामा असन्तुष्ट दुई एआईजीले वारेसमार्फत पठाए रिट

हेटौंडा खबर
May 2nd, 2022

सिनियर दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापाले प्रहरी महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै रिट दायरको प्रक्रिया अघि बढाएका छन्।

उनीहरुले सोमबार सर्वोच्च अदालतमा आईजी बढुवा प्रक्रिया बदरको माग गर्दै रिट दायर गर्न लागेका हुन्। एआईजी पोखरेलले नेपाल लाइभसँग कुरा गर्दै वारेसमार्फत रिट दर्ताका लागि पठाइएको बताए।

आइतबारमात्रै सर्वोच्चले पोखरेलभन्दा १६ महिना र थापा भन्दा ९ महिना जुनियर धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

त्यसमा असन्तुष्ट रहेका उनीहरुले रिट दर्ता गर्न लागेका हुन्। यता बढुवा भएका नवनियुक्त आईजी सिंहले सोमबार बिहान गृहसचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिह्नसमेत ग्रहण गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*