एकीकृत समाजवादी दल दर्ताविरुद्ध ओलीको मुद्दामा सुनुवाइ तोकियो

हेटौंडा खबर
May 2nd, 2022

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्धको मुद्दामा पेसी तोकेको छ। सर्वोच्चले सोमबार न्यायाधीशद्वय  प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकेको हो।

दल दर्ताविरुद्ध एमालेका अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरेको छ ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*