सन् २०२२ भित्र देशभर फोरजी सेवा उपलब्ध हुने

हेटौंडा खबर
May 2nd, 2022

सन् २०२२ भित्र देशका सम्पूर्ण स्थानमा फोरजी सेवा उपलब्ध हुने भएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी अंग्रेजी वर्षभित्रै देशभर फोरजी सेवाको पहुँच पुग्ने जानकारी दिएका हुन् ।

त्यसका लागि दूरसञ्चार सेवा प्रदायकलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकेको खनालले बताए ।

हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा दिँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*