भारतमा थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

हेटौंडा खबर
May 3rd, 2022

भारतमा पछिल्लो २४  घन्टामा थप २५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको तुलनामा संक्रमण दर १८.७ प्रतिशत कम हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५ सय ६८ जनामा संक्रमण देखिएको र २० जनाको ज्यान गएको हो।

दिल्लीमा मात्रै १०७६ जनामा संक्रमण देखिएको छ। यस्तै, हरियणामा ४३९, केरलामा २५०, उत्तर प्रदेशमा १९३, कर्नाटकमा १११ जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार २९ सय ११ जना कोरोनामुक्त भएका छन्।  हाल भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार १३७ रहेको छ। पछिल्लो २४ घन्टामा १६ लाख २३ हजार ७९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। देशमा १८९ करोड बढी मानिसले कोरोना खोप लगाइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*