हेटौंडामा फुटबल खेलको विकासका लागि वार्षिक एक करोड विनियोजन गर्ने गठबन्धनको घोषणा

हेटौंडा खबर
May 4th, 2022

सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबल खेलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलको विकास र खेलाडीहरूको प्रोत्साहनको लागि सो बजेट खर्च गरिने बताएका हुन् ।

बुधबार हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमै पुगेर खेलाडीहरूसँग अन्तरक्रिया गर्दै खेलाडीको माग अनुसारको बजेट आफूहरु निर्वाचित भएपछि विनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
हेटौंडा फुटबल खेल र खेलाडी उत्पादनको हिसावले देशमै चर्चित भएका कारण आवश्यकताअनुसार बजेट विनियोजन गर्ने प्रतिवद्धता उम्मेदवारहरूले जनाएका हुन् ।

उनीहरुले खेल तालिका नै बनाएर प्रतियोगिता गर्नुपर्ने माग गरेका थिए । उम्मेदवारद्वयले समग्र खेल क्षेत्रको विकासमा पनि आफूहरुले काम गर्ने योजना ल्याएको र त्यसलाई कुशलतापूर्वक पूरा गर्न खेलाडी, प्रशिक्षक र खेल क्षेत्रका व्यक्तित्वहरुको सहयोग आवश्यक रहेको औंल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*