एकैपटक १४ सय रूपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति?

हेटौंडा खबर
May 5th, 2022

गातार घटेको सुन-चाँदीको मूल्य आज बढेको छ।

बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १३ सय पाँच रूपैयाँ पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यस हिसाबमा आज सुन प्रतितोला १४ सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार रूपैयाँ र चाँदी प्रतितोला १३ सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्यमा दैनिक गिरावट देखिएको थियो। आज भने सुन-चाँदीको मूल्य बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६५ अमेरिकी डलरमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*