‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवती पनि सहभागी हुन पाउने

हेटौंडा खबर
May 5th, 2022

‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवतीले पनि सहभागिता जनाउन पाउने भएका छन्।

आयोजक उमंग क्रियसनका अनुसार यस वर्षदेखि समलिंगी युवती पनि मिस युनिभर्स नेपालमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो।

अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ देखि नै यो व्यवस्था गरिएको भए पनि नेपालमा भने पहिलो पटक समलिंगीलाई सहभागी गराउन लागिएको आयोजक उमंग क्रियसनले जनाएको छ।

‘मिस युनिभर्स नेपाल–२०२२’मा १८ देखि २८ वर्ष उमेरसम्मका युवतीहरुले सहभागीता जनाउन पाउने छन्। नेपाल तथा विदेशमा बसोबास गरिरहेका नेपाली पहिचान भएका युवतीले भाग लिन पाउने आयोजकको भनाइ छ।

यस वर्ष सहभागी भएकाहरुले अर्को वर्ष सहभागी हुन पाउने छैनन् तर एक वर्षको ग्यापपछि तेस्रो वर्ष भने सहभागीता जनाउन सक्नेछन्।

अघिल्लो वर्ष २०२१ मा सुजिता बस्नेत मिन युनिभर्स नेपालको विजेता बनेकी थिइन् भने त्यसअघि आंशिका शर्माले मिस युनिभर्स नेपालको उपाधि जितेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*