तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

हेटौंडा खबर
May 6th, 2022

सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  सुनको मूल्य ६ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको हो। यसअघि बिहीबार प्रतितोला सुनको मूल्य ९८ हजार ६ सय कायम गरिएको थियो।

यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि सस्तिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोलाको १३ सय ०५ रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*