मकवानपुरमा सहायक निर्वाचन अधिकृतनै एमालेको चुनावी प्रचारमा

हेटौंडा खबर
May 7th, 2022

निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत आफै एमालेको चुनावी प्रचारमा हिडेको पाइएको छ ।

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् ।

उनले सामाजिक सञ्जालहरुमा बिदुर हुमागाई जिताऔं अभियानलाई विभिन्न समयमा सामाजिक सञ्जालहरुमा सार्वजानिक गर्दै एमाले जिताऔं अभियानमा लागेका हुन् ।

सरकारका राष्ट्रसेवक कर्मचारीहरु त्यस माथी सहायक निर्वाचन अधिकृत जस्तो भूमिकामा रहेर निर्वाचन आचारसंहिताको धज्जी उडाउदैं एमालेको प्रचारमा लागेको पाइएको छ ।

यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले यदी यस्तो चुनाव प्रचार गरेको हो भने आवश्यक कारबाही गरिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*