नेपाल टेलिकमको निर्वाचन अफर, ९८ रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ६ जिबी डेटा

हेटौंडा खबर
May 8th, 2022

नेपाल टेलिकमले निर्वाचन विशेष अफर ल्याएको छ। आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो।

अफरअन्तर्गत प्रयोगकर्ताहरूले ९८ रूपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस प्याक, एसएमएस प्याक र डेटा लिन सक्नेछन्। यो अफर वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अफरअन्तर्गत तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रूपैयाँमा उपलब्ध हुनेछ। तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि जम्मा ९८ रूपैयाँमा उपलब्ध हुनेछ।

त्यसैगरी, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक पनि ९८ रूपैयामा खरिद गर्न सकिने बताइएको छ।

टेलिकम प्रयोगकर्ताहरूले वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म मोबाइलबाट *१४१५*११#  डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्नेछन्। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने कम्पनीले अपेक्षा राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*