निर्वाचनको दिन कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द रहने

हेटौंडा खबर
May 8th, 2022

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी मुलुकमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने जनाएको छ। स्वास्थ्यकर्मीहरूले पनि मताधिकार प्रयोग गर्ने भएकाले उक्त दिन खोप सेवा बन्द रहने मन्त्रालयले जनाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*