जेठ ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

हेटौंडा खबर
May 9th, 2022

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। सोमबार संघीय संसद सचिवालयले पनि दुवै सदनको अधिवेशन आह्वान भएको संघीय संसदका सदस्यलाई उपस्थितिका लागि सूचना जारी गरेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन बस्नेछ। सरकारले बजेट अधिवेशनलाई भन्दै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई पत्राचार गरेको थियो।

त्यसकै आधारमा राष्ट्रपतिबाट दुवै सदनको अधिवेशन आह्वान भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*