राष्ट्रपति र उपराष्ट्रपतिले चिया पिउन थाल्नुभयो

हेटौंडा खबर
May 9th, 2022

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सर्वाेच्च अदालत पुगेर चिया पिउन थाल्नु भएको छ ।

कानुन दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पुग्नुभएको हो ।

कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा, कायम मुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्की, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक यदुलाल खरेल, नेपाली सेनाका उपरथी रत्नप्रकाश थापा पनि कार्यक्रममा सहभागी हुनुहुन्छ ।

त्यसैगरी नेपालका लागि विभिन्न देशका राजदूत, दूतावासका प्रतिनिधिलगायत पनि चियापान कार्यक्रममा सहभागी हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*