भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना सङ्क्रमित

हेटौंडा खबर
२९ बैशाख २०७९, बिहीबार १३:२२

भारतमा २४ घण्टाभित्र अर्थात बुधबार मध्यरातिसम्म थप दुई हजार ८२७ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ।

भारतमा विगत केही महिनायता कोरोना संक्रमण न्यून विन्दुमा पुगेको भए पनि पुनःकेही दिनदेखि नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो। तर गत मङ्गलबार र बुधबार भने संक्रमितको संख्यामा केही कमी देखिएको छ। २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये ९७० राजधानी दिल्लीका छन्।

हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय सङ्क्रमित छन्।    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्य् हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ ।

भारतमा अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६७ रहेका मन्त्रालयले जानकारी दिएको छ।     चौविस घण्टामा तीन हजार २३० संक्रमित कोरोना मुक्त भएका छन्। भारतमा हालसम्म चार करोड २५ लाख ७० हजार १६५ जना सङ्क्रमणमुक्त भएकार अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*