जेठमा बैंकहरुको ब्याजदर नबढ्ने

हेटौंडा खबर
May 12th, 2022

जेठ महिनामा बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ।

वाणिज्य बैंकका प्रमुखख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको हो।

संघका अनुसार अधिकतम ब्याजदर ११ दशमलव ०३ प्रतिशत कायम हुनेछ।

फागुन महिनादेखि सोही दरमा बैंकहरुले निक्षेप संकलन गर्दै आएको छ। त्यसलाई नै जेठ महिनामा समेत निरन्तरता दिने निर्णय गरेको हो।

पछिल्लो चालू आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव छ। यसले निक्षेप तानातान हुने अवस्था छ।

त्यसकारण बैंकहरुले भद्र सहमति गर्दै ११ दशमलव ०३ प्रतिशतभन्दा माथि नजाने निर्णय गर्दै आएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने सबै बैंकहरुमा गरेर ४९ खर्ब ४९ अर्ब पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*