बाबुराम भट्टराईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

हेटौंडा खबर
May 13th, 2022

निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ।

आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। जसमा उनले केही चिह्नमा छाप लगाएको प्रष्ट देख्न सकिन्छ।गोप्य मतदान भएकाले मतपत्र कसैलाई देखाउन र प्रदर्शन गर्न पाइँदैन।

तर भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमै आलोचना भइरहेको थियो।

भट्टराईले पनि सामाजिक सञ्जालबाटै मतदानलाई खुला गर्ने वा गोप्य भन्ने कुरा व्यक्तिको इच्छाको विषय बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*