हेटौंडा अपडेट- दिपक सिंहलाई भेटाउन सकेन गठबन्धन र एमालेले

हेटौंडा खबर
१ जेष्ठ २०७९, आईतवार २२:५७

हेटौंडा उपमहानगरपालिकामा मेयरमा राप्रपाको अग्रता कायम छ ।

गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामालाई पछी पार्दै राप्रपाले अग्र स्थान लिइरहेको छ ।

हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भैसकेका छन् ।

राती पौने ११ बजेसम्म ९६०७ मतगणना हुदा राप्रपाले अग्रता लिएको छ ।

ताजा मत परिणाम अनुसार 

हेटौंडा उपमहानगरपालिको मेयरका लागी प्राप्त मत : 

दिपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)- २८६६

मिना कुमारी लामा,  गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) –२८५५

अनन्त पौडेल (नेकपा एमाले) – २५८४

यसमा तपाइको मत

Your email address will not be published.


*