ओलीको आलोचना गरेकोभन्दै प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

हेटौंडा खबर
May 27th, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरूले उठेर बैठकमा अवरोध गरेका हुन्।

मन्त्री बडुले बिहीबार संसदमा बोलेका एमाले अध्यक्ष ओलीको टिप्पणीलाई अराजनीतिक र स्तरहीन भएको बताएका थिए। रोस्ट्रमबाट बोल्दै बडुले ओलीलाई कमिशन नै कमिशन खाएर सत्ता गुमाउँदा पनि अझै चेत फिरेको रहेनछ भन्दै टिप्पणी गरेका थिए।
मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसदले नियमापत्ति गरेका थिए। एमाले सांसद खगराज अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए।

प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डबाट हटाउन माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*