बागमतीमा यसरी मनाइयो गणतन्त्र दिवस

हेटौंडा खबर
May 29th, 2022

बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ ।

जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस)को अवसरमा बागमती प्रदेश सरकारले एक समारोह आयोजना गरेको मनाएको हो ।

हेटौंडा उपहमानगरपालिका वडा नम्बर–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता एवम् प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्नभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*