अर्थमन्त्रीलाई गगन थापा प्रश्न- बजेटको आकार बढाइएको छ, स्रोत के हो ?

हेटौंडा खबर
June 2nd, 2022

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको आकार वृद्धि गरेकोले स्रोतको के हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले चालु बजेटको आकार घटाइएको बताउँदै आगामी आर्थिक वर्षको बजेटको आकार बढाएकाले स्रोत र आधार के हो भन्दै अर्थमन्त्रीलाई प्रश्न गरका हुन्।

थापाले स्रोत व्यवस्थापन कसरी गर्ने भनेर अर्थमन्त्री जनार्दन शर्मालाई सोधेका छन्। ‘राजश्वको लक्ष्य अघिल्लो वर्षभन्दा कम हुने देखिएकाले म राजश्व बढाउँछु भनेर कसरी विश्वास दिलाउनुहुन्छ ? आश्वत हुने आधार केहो ?’ उनले भने।

थापाले अर्थ मन्त्रालयले नीतिले कुनै एउटा समूह वा ग्रुपलाई पोस्ने काम गर्न नहुने धारणा राखे।

उनले देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो भएको तर्फ संकेत गर्दै अहिले त्यस्तो नभएको विश्वास कसरी दिलाउन सकिन्छ भनेर प्रश्न गरे। उनले कृषिको सन्दर्भमा आत्मनिर्भर बढाउने विषयमा बजेटमा समावेश गरेको बताए। थापाले प्रदेशको सरकारलाई बोलाएर प्रधानमन्त्री देउवाले बजेटबारे छलफल नगरेको भन्दै असन्तुष्ट जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*