हेटौंडामा ७ जना रंगकर्मी सम्मानित

हेटौंडा खबर
२२ जेष्ठ २०७९, आईतवार १८:४६

चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौंडामा ७  जनालाई आइतबार सम्मानित गरिएको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरले  विभिन्न विधामा रंगकर्मीहरुलाई सम्मानित गरिएको हो ।संघले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष रामममणि दाहाल, चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन र राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७७ बाट संघका पूर्वअध्यक्ष बिदुर गिरीलाई सम्मान गरिएको हो ।

दाहाल, भोम्जनलाई क्रमश : ५/५ हजार र गिरीलाई १० हजार नगदसहित सम्मान गरिएको हो ।चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०७८ बाट राज कटुवाल, राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार २०७९ बाट  संघ केन्द्रीय उपाध्यक्ष दीपज्योति थापालाई चलचित्र कलाकर्मी सम्मान–२०७९बाट लेखक, निर्देशक शिवम अधिकारीलाई सम्मान गरिएको हो ।

अधिकारी, कटुवाल, थापा र अधिकारीलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*