मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस क्लब विजयी

हेटौंडा खबर
२४ जेष्ठ २०७९, मंगलवार १९:२६

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको खेलमा मनाङ मर्स्याङ्दी कल्बलाई १-० ले पराजित गर्दै पुलिसले जित हासिल गरेको हो ।

खेलको ३४ औं मिनेटमा नेपाल पुलिसका भरत साहले गोल गरे । मनाङले गोल फर्काउन खेलको ४१ औं मिनेटमा पेनाल्टीको अवसर पाउदा मनाङका अन्जन विष्टले गोल गर्न सकेनन् । पुलिसका विरुद्ध पटक पटक गोल गर्ने अवसर पाएपनि मनाङले अवसर चुकाएको थियो ।

पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमरावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*