हेटौंडा खबर
June 26th, 2025

हेटौंडामा १ सय भन्दा बढी निजि विद्यालयहरु छन् ति विद्यालयमा हजारौं बालबालिका अध्यनरत छन् अभिभावकले नभ्याउने र अलि टाढा विद्यालय छन् भने विद्यार्थी ओसार्न विद्यालयका बस प्रयोग हुन्छन् त्यसबापत अभिभावकले अतिरिक्त शुल्क तिर्नुपर्छ

तर यहाँका अधिकांस विद्यालयले विद्यार्थी ल्याउन-लान प्रयोग गर्ने बस चालक भने ६० उमेर समूह भन्दा माथिका राखेका छन् स्कुल बसको पछाडी ठुलो अक्षरमा लेखिएको हुन्छ सावधान! यो बसले बालाबाकिका बोकेको छ यसको अर्थ हो बालबालिकाहरु भएको सवारी निकै सावधानीपूर्वक हाक्नुपर्छ सबै संबेदनशील हुनुपर्छ तर सम्पूर्ण विद्यालयले स्कुल बस चालक भने रिटायर्ड जीवन बिताएकाहरुलाई छान्ने गरेको छ यसले गर्दा विद्यालयका सानासाना बालबालिकाहरु स्कुल बसमा कति सुरक्षित यात्रा गर्छन् भन्ने प्रश्न उब्जिन्छ तर  यसतर्फ कसैको ध्यान परेको छैन

सरकारले पनि कुनैपनि काम वा गाजिरको उमेरहद ६० वर्ष तोकेको छ कुनैपनि सार्वजनिक सवारीसाधन चलाउने उमेरहद पनि ६० वर्ष नै हो सरकारले ६० वर्ष काटेपछि सवारी चालक अनुमतिपत्र नवीकरण नै गर्दैन यसको अर्थ हो ६० काटेपछि सवारीसाधन चलाउनु जिखिमपूर्ण हुन सक्छ तर यहाका विद्यालयले यो कुरा ख्याल नै नगरी अधिकांस पाका उमेरका बृद्ध चालक राख्ने गरेका छन् यसले बालबालिका बोकेर चल्ने स्कुल बस कति सुरक्षित छ त भन्ने प्रश्न उठाउछ यस तर्फ सम्बन्धित सबै निकायले ध्यान पुर्याउनु जरुरी छ