पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने

हेटौंडा खबर
१५ जेष्ठ २०८०, सोमबार १८:५२

अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गरे।

कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही(भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।