हेटौंडाबाट जसपाको चेतावनी : ओली सरकार नसुध्रिए अन्त्यष्टि गर्न १९ घण्टा पनि लाग्दैन

हेटौंडा खबर
December 27th, 2020

जनता समाजवादी पार्टी मकवानपुरका नेता तुफान बिक्रम क्षेत्रिले बिधटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ओली सरकार नसुध्रिए यो सरकारको अन्त्यष्टि गर्न १९ घण्टा पनि नलाग्ने चेतावनी दिएका छन् ।

संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको जसपाले आज हेटौंडामा गरेको बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेता क्षेत्रिले ले भने, “१० बर्षे जनयुद्धमा ज्यान गुमाएका १७ हजार र ६२/६३ को जनआन्दोलनमा ज्यान गुनाएका २१ जनाको रगतमाथि होलि खेल्ने काम भयो भने, २४० वर्ष सम्म जरा गाडेर बसेको व्यवस्था ढाल्न त १९ दिन काफी भयो भने यो व्यवस्था ढाल्न १९ घण्टा नै काफी छ” ।

उनले केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको प्रति बिरोध जनाउदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै अबको ऐतिहासिक विकल्प भएको बताए ।

उनले यो संसदीय व्यवस्था रहिरहे यस्ता “कु” दिनदिनै भैरहने र जनता माथि सधै धोका भैरहने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै जनता समाजवादी पार्टी मकवानपुरले हेटाैँडामा दिनहु विरोध प्रदर्शन गरिरहेको छ  ।

आइतबार दिउँसो जसपाकाे पार्टी कार्यालय हेटाैँडाकाे हुप्रचाैरबाट निस्केकाे र्याली थाहा चाेक, ओमहल चाेक, शितल महल, मेनराेड, सिमाचाेक हुँदै बुद्ध चाेकमा आएर सभामा परिणत भएकाे थियाे ।

र्यालीमा जसपाका केन्द्रिय नेताहरु साेनाम सिं स्याङ्तान, राजु नेपाल, बिद्युत बज्राचार्य, साेबिन थिङलगायत प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

र्यालीमा केपीकाे असंवैधानिक कदम खारेज गर, निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन् जस्ता नारा लगाएका थिए । जसपाले मकवानपुरले शुक्रबार प्रधानमन्त्री, राष्ट्रपतिको पुत्ला दहन र हिजो शनिबार मसाल जुलुस निकाल्दै बिरोध प्रदर्शन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*