हेटौंडामा कांग्रेसको बिरोधसभा: जनताको आशा र भरोसा माथी ओलीले कुठाराघात गरे – नेत्री ‘डिना’

हेटौंडा खबर
January 16th, 2021

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ डिनाले केपी ओलीले व्यक्तिगत लहडमा प्रतिनिधि सभा घिटन गरेर जनताको मतको अपमान गरेको दावी गरिन ।

उनले केपी ओलीको यस किसिमको गलत कृयाकलापको भण्डाफोर गर्न नेपाली कांग्रेस सडकमा उत्रिसकेको बताउँदै जनताको सहयोगको बलमा केपी ओलीलाई चाँडै सडकमा ल्याउने चेतावनी दिईन ।

त्यस्तै विघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेहीले केपी ओलीले निर्वाचन गर्नुभनेको बयलगाडा चढेर अमेरिका जानू सरह भएको बताए ।उनले केपी ओलीले निर्वाचन गराउँनकै लागी संसद विघटन नगरेको दावी गर्दै , भ्रष्टाचारमा शुन्य सहनसिलता, म भ्रष्टाचारीको अनुहारपनि हेर्दिन भन्ने केपी ओलीका आसेपासे नै सबैभन्दा बढी भ्रष्ट भएको र उनीहरुको संरक्षण नै केपी ओलीले गरेको दावी गरे ।

नेपाली कांग्रेस हेटौडा नगरसभापति आनन्द पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेही, नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, सल्लाहाकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, हरि वाग्ले, सुशान्त श्रेष्ठ, महासमिति सदस्य दिनेश उपाध्याय लगाएतको उपस्थिति रहेको थियो ।सभाअघि फरेष्ट्रि गेट अघि भेला भएका नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले हेटौंडा बजारमा विरोध प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*