शृंखला खतिवडा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त

हेटौंडा खबर
February 28th, 2021

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त भएकी छन्।

खतिवडा मिस नेपाल-२०१८ की विजेता हुन्। वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन सधैं प्रयासरत वर्ल्डलिंकले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा खतिवडालाई नियुक्त गरेको बताए।

नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेको उनले बताए ।

खतिवडाले वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र नभई डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पुर्‍याइरहेको संस्था रहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*