ओली पक्षले हेटौंडामा ‘सै पनि एमाले, मै पनि एमाले’ भन्दै लड्डु खाए

हेटौंडा खबर
March 7th, 2021

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली पक्षका कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन् । हेटौंडाको बुद्धचोकमा ओली पक्षका हेटौंडाका नेता तथा कार्यकर्ताले ‘सहि पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गित बजाएर नाचगान गरेका छन् ।

बुद्ध चोकमा उनीहरुले खुसियाली बाढ्दै लड्डु खाए । उनीहरुले ‘मार्चंड जिरो भो केपी ओली हिरो हो’ जस्ता नारा लगाए ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*