हेटौंडाको राप्ती खोलामा एक युवकको शव फेला

हेटौंडा खबर
March 14th, 2021

हेटौंडाको राप्ती खोलामा आईतवार (आज) एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङका  २५ वर्षिय अर्जुन बुढाथोकी शव राप्ती पुलमुनी फेलापरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार हाल शव पोष्टमाटमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

शवको प्रकृति हेर्दा पुलबाट खसेको जस्तो देखिएको तर पोष्टमाटमको रिपोर्ट आएपछि मात्र घटनाबारे भन्न सकिने प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*