मान्छे खान पल्किएको बाघ निकुञ्जको नियन्त्रणमा

हेटौंडा खबर
March 17th, 2021

बर्दियामा मान्छे खान पल्किएको पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिएको छ ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएकाे हुन सक्ने अनुमान छ ।

मान्छे खान पल्किएको पाटे बाघलाई बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याउन लागिएको छ । नियन्त्रणमा लिइएको बूढो भाले बाघको खुट्टामा चोट रहेको र केही दाँतसमेत झरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*