अझै धुम्म छ हेटौंडा, गम्भीर स्वास्थ्य समस्या देखापर्न सक्ने विज्ञको चेतावनी

हेटौंडा खबर
March 29th, 2021

केही दिनदेखि राजधानी काठमाडौं, बागमती प्रदेशको राजधानी हेटौंडालगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ ।

प्रदूषणको समयमा अनावस्यक हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।

उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् । केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो ।

वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।

चिकित्सकका अनुसार यसका सामान्य असर र दिर्घकालिन असरहरु यस्ता छन्  ।

सामान्य असर
– आँखा पोल्ने
– छाती घ्यारघ्यार हुने
– श्वासप्रश्वासमा अफ्ठेरो
– एलर्जी हुने
– रुघाखोकी

दीर्घकालीन असर
– हृदयघात र पक्षघात बढाउने जोखिम
– फोक्सोमा क्यान्सर
– रक्तचाप बढ्ने
– मुटुसम्बन्धी समस्या

डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ ।

यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बलमे बताए ।

डा. बमले ग्याँस पदार्थ १० पीपीएमभन्दा साना आर्सनिक, सिल्कालगायत बालुवाका कणहरू सबैमाथि जाने र २.५ पीपीएमभन्दा साना ग्याँसका कार्वनमोनोक्साइड, कार्बन, साइनाइट, सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड कण फोक्सोबाट रगतका नसासम्म नै पुग्ने बताए । ‘जसका कारण धमनीलाई साघुँरो गराइदिएर रक्तचाप बढ्न सक्छ ।

वातावरण प्रदूषणले हृदयघात र पक्षघात १४ गुणा बढाउने जोखिम बढ्न सक्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*