शैक्षिक संस्था बन्द भएपनि परीक्षा नरोकिने, गाडीमा मास्क अनिवार्य

हेटौंडा खबर
April 19th, 2021

सरकारले शैक्षिक संस्थाहरु बन्द भएपनि पूर्वनिर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।

वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

यसैगरी सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरेको छ ।

साथै सिट क्षमता भन्दा बढी राख्न नपाउने नियमन बनाएको छ । लामो दूरीका सवारी साधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*