एशियन लाईफ ईन्स्योरेन्सद्वारा रकम प्रदान

हेटौंडा खबर
April 28th, 2021

एशियन लाईफ ईन्स्योरेन्स कम्पनि हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका ५ निवासी रमेश कुमार ताम्राकारको परिवारलाई मृत्युदावी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

कम्पनिको हेटौडा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमाती रन्जना तुलाधरलाइ रु.७८ हजार २ सय पचासी रुपैयाको चेक शाखा प्रबन्धक डिल्लीराम तिवारीले हस्तान्तरण गरेका हुन् ।

मृतक रमेश कुमार ताम्राकारको गत फागुन १३ गते लिभर खराब भएर मृत्यु भएको थियो । रमेश कुमार ताम्राकारले मिति २०६५ चैत ७ गते कम्पनिमा रु.५१ हजारको एशियन सावधिक जीवन बीमा गरेका थिए ।

चेक प्राप्त गरिपछि मृतकको श्रीमाती रन्जना तुलाधरले कम्पनिलाई धन्यावाद दिइन् । चेक हस्तान्तरणको क्रममा शाखाका प्रबन्धक तिवारीले बीमा कम्पनि सेवा प्रदायक कम्पनि भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनिले बीमीतहरुलाई प्रभावकारी रुपमा छिटो छरितो तरिकाले दावी भुक्तानी गर्दे आएको बताए ।

एशियन लाईफ २०६४ चैत्र २१ गते बाट स्थापना भई हाल नेपाल भरी १४६ वटा शाखा र उप शाखाबाट बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गरिरहेको छ । कम्पनीले छोटो समयमा करिब २६ अर्बको जिवन बीमा कोष स्थापना गर्न सक्षम रहेको तथा बिमीतहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सक्षम रहेकोे समेत दावी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*