BREAKING : हेटौंडामा कोरोना भयावह बन्दै, आजै १७४ जनामा कोरोना पोजेटिभ
हेटौंडा खबर
April 30th, 2021
हेटौंडामा आज १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बिहान सार्वजनिक रिपोर्टमा ५७ जनाको पोजेटिभ देखिएको थियो ।
बिहानदेखि परिक्षण गरिएको १८१ स्वाबमा थप ११७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो शुक्रबार साझ ५ बजेसम्मको बिवरण हो ।
अस्पतालको ल्याबमा थप स्वाबको परिक्षण भैरहेको जनकारी प्राप्त भएको छ ।


