मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज भए

हेटौंडा खबर
May 7th, 2021

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार दिउसो २ बजेको विवरण अनुसार १५४ जनाको पिसिआर परिक्षण गर्दा १०१ जना र १६४ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ७३  जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ११३ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १२ जना, मनहरी गाउँपालिकामा १२ जना, कैलाश गाउँपालिकामा ३५ जना, इन्द्रसरोबर गाउँपालिकामा १ जना र बकैयामा १ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् ।

आज सस्थागत आइसोलेसनबाट ५ जना र होम आइसोलेसनबाट १० जना डिस्चार्ज भएको बताइएको छ । मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार १२४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*