कांग्रेस मकवानपुर : शुशान्त श्रेष्ठ नेतृत्वको टिम घोषणा

हेटौंडा खबर
November 18th, 2021

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  ।

भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) सभापतिका उम्मेदवार  शुशान्त कुमार श्रेष्ठले आफ्नो  टिम सार्वजनिक गरेका छन। श्रेष्ठले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफु नेतृत्वको टिम घोषण गरेका हुन । उनको नेतृत्वमा उपसभापतिमा  गोपाल न्यासुर र कमला वाइबा  रहेका छन् ।

त्यसैगरी  सचिव पदमा भुमिनन्द गौतम  र शंकर पराजुली , सह–सचिव पदमा दिपक ढकाल  र अमर सोराइलि रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ जानुका ठकुरी समिक्षा बिक, छाया अधिकारि महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् । पुरुषतर्फको खुल्ला सदस्य पदमा उद्धब सत्याल, सचित थापा, नवराज खतिवडा , तेज प्रसाद घिमिरे , मोहन प्रसाद ढकाल , धुर्ब दुलाल उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा कृति घलान,भानु सोराइली,पुरुषतर्फ भक्त बहादुर राई,दिपक सि घलान,नर बहादुर पुलामि दलिततर्फ अनिल बिक र अल्पसंख्यकतर्फ रामशरण माझी  उम्मेदवार हुने जनाइएको छ ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*