सस्थापन पक्ष संग भिड्न हेटौंडा आएर केसीको टिम घोषणा

हेटौंडा खबर
December 3rd, 2021

आसन्न नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा जगदिश नरसिह केसीले आफ्नो टिमको घोषण गरेका छन। बिहीबार राती हेटौंडा आएर केसीले प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषण गरेका हुन् । उनि कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

उनी नेतृत्व टिमको उप सभापतिमा मोहन बस्नेत,राजेन्द्र बुर्लाकोटी महामन्त्रीमा माइकल रामचन्द्र अर्याल,कंचन चन्द्र बादे रहेका छन।

उक्त टिमको सह-महामन्त्री पदका उम्मेदवारको भने टुङ्गो नलागेको र सहमति अन्तिम चरणमा रहेको जनाइएको छ।

टिम घोषणा कार्यक्रममा उम्मेदवार केसीले आफ्नो टिमलाई प्रकाशमान सिंह,कृष्णप्रसाद सिटौला, रामशरण महत,गगन थापा लगायतका नेतृत्व पङ्क्तिको साथ रहेको बताएका छन।

प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस बागमती प्रदेश अधिवेशन अन्तर्गत आज (शुक्रबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ भने शनिबार मतदानको कार्यतालिका रहेको छ।

प्रदेशको प्रथम अधिवेशनमा २१ सय प्रतिनिधिले मतदान गर्नेछन। अधिवेशन हेटौंडा-१० वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*