कांग्रेस बागमती प्रदेश पदाधिकारीको मत परिणाम सार्वजनिक

हेटौंडा खबर
December 7th, 2021

गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सोमबार राति सम्पन्न मतगणना अनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बहादुुर बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् ।

बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन। बस्नेत जगदीश्वर नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार थिए।

त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन भने महामन्त्रीका अर्का उम्मेदवार माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित भएका छन। निर्वाचित बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गरेका छन। बादे केसी र श्रेष्ठ बानियाँ प्यानलबाट उम्मेदवार बनेका थिए।

त्यसैगरी सहमहामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित भएकी छिन। उनले ९४९ मत प्राप्त गरेकी छिन। सहमहामन्त्री खुला तर्फ ॠषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी बनेका छन। घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गरेका थिए ।

बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ १५८ मतान्तरले  निर्वाचित भइसकेका छन। उनले सभापतिका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*